काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत व्यापारको पहिलो सम्भावना भारत रहेको बताए । मंगलबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हन् ।
उनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले बंगलादेशमा विद्युत निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने जानकारी दिए । उनले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताए ।
विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्नेकुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्त्व राख्ने बताए ।
उपमहासचिव पुनले विद्युत विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्नेकगरी काम गर्नुपर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्