Shikhar Insurance
National Life

प्रधानमन्त्रीलाई दाहालको चेतावनी : विद्युत प्राधिकरणमाथि चालेको कदम तत्काल रोक्नुस्

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्चिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अहंकार, इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वमाथि निशाना साँधेको जिकिर गर्दै त्यसबाट सरकारले रोकिनुपर्ने बताएका हुन् । सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेको आरोप लगाउँदै अध्यक्ष दाहालले विद्युत प्राधिकरणमा गर्न खोजिएको कामलाई तत्काल रोक्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भूटानी शरणार्थी काण्डमा छानविन गरिरहेको इमान्दार प्रहरी अधिकृतलाई सरकारले दण्डित गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष दाहालले भने, ‘हामी यही खवरदारी सडकमा लिएर जानेछौं । सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेका छन् । जनतासँग क्षमा याचनासहित सच्याउनुहोस् । विद्युत प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ । रोक्नुस् । भूटानी शरणार्थी काण्डलाई जता पुर्‍याउन, इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ । त्यो नगर्नुहोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ । रोक्नुहोस् । गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारमा सुध्रिनुहोस् ।’

अध्यक्ष दाहालले गिरिबन्धुमा गरिएको नीतिगत भ्रष्टाचार नदोहोर्‍याउन र त्रिभुवन विश्वविद्यालयको मेरिटोक्रेसी नमिच्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्