काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्ने बताएका छन् ।
मंगलबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले सुख्खायाम र वर्षायामको विद्युत असन्तुलनलाई ब्यालेन्स गर्न जानुपर्ने बाध्यता रहेको बताए । उनले सौर्य उर्जामा उपलब्धि नदेखिएको उल्लेख गर्दै प्रशारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत विधेयकमा प्रश्तावित गरिएको बताए ।
उनले भने, ‘अब जलाशयमा त हामी जानुपर्ने नै छ । उर्जा सन्तुलनको लागि पनि एकदमै जरुरी छ । सुख्खायाम र वर्षायामको जुन असन्तुलन छ, यसलाई ब्यालेन्स गर्नको लागि जानुपर्ने बाध्यता नै छ । सौर्य उर्जामा हामीले त्यत्ति धेरै अहिले पनि इपिसेन्सी प्राप्त गर्न नसकिरहेको अवस्थामा बाहिरको आयातलाई कम गर्ने हो भने हामी स्टोरेज आयोजनामा त जानैपर्छ । पञ्चेश्वरको सन्दर्भमा कहाँ पुगेको छ आयोजना । प्रशारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत विधेयकमा प्रश्तावित छ ।’
सचिव बिष्टले खेर जाने बिजुलीका लागि बढी खपत हुने बजार खोज्नुपर्ने बाध्यता रहेको बताए । उनले आन्तरिक खपत बढाउने र खपत भएर बाँकी रहेको बिजुली मात्रै बेच्नेमा सबै राजनीतिक दलहरु सहमत हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्