Shikhar Insurance
National Life

विद्युत खपतको विषय पहिलो प्राथमिकतामा राख्नुपर्छ : उपमहासचिव शर्मा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १५:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विद्युत खपतको विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोड्न सकिने बताउँदै उर्जा मन्त्रालयले दोस्रो प्राथमिकतामा व्यापारलाई राख्नुपर्ने बताए । उनले बुढिगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु सरह रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘जलाशययुक्त आयोजनाको बारेमा पुनर्वलोकन गर्नुपर्छ । समयको र रेटको हिसावले पनि सोच्नुपर्छ । पहिलो प्राथमिकता विद्युत खपतको राख्नुपर्छ । प्राथमिक योजना खपत हुनुपर्छ । प्राथमिक योजना खपत भएपछि देशको आर्थिक विकाससँग जोडिने विषय भयो । एक नम्बर प्राथिमकता खपत र दोस्रो प्राथमिकता व्यापार हुनुपर्छ । बुढिगण्डकी जलविद्युत आयोजना बनाउने हो, लगानी कहाँबाट जुट्छ, त्यहीँबाट जुटाउने हो । बुढिगण्डकीमा जनताको धेरै पैसा लगानी गर्नु भनेको जानिबुझी घाटामा पार्नु हुन्छ । सरकारको, लगानीकर्ताको नाफास्तरमा पुग्नेगरी गर्नुपर्छ ।’

उपमहासचिव शर्माले नेपालबाट निर्यात गर्ने बिजुली नेपाली भएर जान पाउने व्यवस्था गर्नुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्