Shikhar Insurance
National Life

१११.९६ अंकले घट्यो सेयर बजार, १८ अर्ब ६४ करोड कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से )१११.९६ अंकले घटेर २७८२.६० को बिन्दुमा पुगेर बजार बन्द भएको हाे ।

मङ्गलबार ३३० कम्पनीको कारोबार हुँदा ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता सेयर किनबेच भएकाे छ भने  १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मङ्गलबार हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६५ करोड ४२ लाख ९ हजार ५ सय ८२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय ८१ रुपैयाँ रहेको छ । मङ्गलबार २० कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, मङ्गलबार ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स कम्पनीको मूल्य सर्वाधिक घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्