Shikhar Insurance
National Life

नेप्सेमा मैलुङ खोला र सिइडिबि हाइड्रोपावरको बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १२:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी र सिइडिबि हाइड्रोपवर डेभलपमेन्टको १० लाख ५ हजार ११९ .२४ कित्ता बोनस सूचीकृत गरेको हो ।

मंगलबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस बापतको ८१ हजर ७६८.२४ कित्ता सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिइडिबि हाइड्रोपवर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस बापतको ९ लाख २३ हजार ३५१ कित्ता सेयर सूचीकृत भएको छ ।

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्