Shikhar Insurance
National Life

एन्फा कार्यसमिति बैठक सुरु, २३ बढी एजेण्डा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १२:१२
Hyundai
NIMB

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)  को कार्यसमिति बैठक सुरू भएको छ । एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केहीबेर अघि मात्रै सुरु भएको हो ।

बैठकमा २३ बढी विभिन्न एजेण्डा रहेको बताइएको छ । नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र एएफसीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आव २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेश गर्ने छुट्टै एजेण्डामा पनि छलफल हुने बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्