काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सोहि मूल्यमा कारोबार भएको थियो ।
साथै, आज चाँदी मुल्य १० रुपैयँँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा किनबेच छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्