Shikhar Insurance
National Life

सहकारीपीडितको बचत फिर्ता गर्न माग

सिंहदरबार संवाददाता
२०८१ भाद्र १०, सोमबार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सहकारीपीडितको बचत छिटो फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता नहुँदा उपचार गर्न कठिनाइ भएकाले यथासीघ्र बचत पाउनुपर्नेमा जोड दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासङ्घले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५ औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य भएको जानकारी गराइएको थियो ।

महासङ्घका अध्यक्ष कुशलव केसीले १६ महिनादेखिको आन्दोलनका क्रममा चार जना पीडितहरूले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाऊन् भनी तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१ औं दिन पुग्ने अवसरमा भदौ १६ गतेदेखि शान्तिपूर्ण प्रदर्शन गरिने उनले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्