Shikhar Insurance
National Life

गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छ : पर्यटनमन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ भाद्र १०, सोमबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै संस्कृति मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको बताउँदै गौरा पर्वले मर्याद,सद्भाव,आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताए । उनले पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रुपमा लिनुपर्ने बताए । उनले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रुपमा चिनाउन आवश्यक रहेको बताए । उनले संस्कृति र पर्वहरु जोगाइराख्न विशेष गरी मर्यादा,आत्मा अनुशासनको खाँचो रहेको बताए ।

उनले भने, ‘गौरा पर्व विशिष्ट प्रकारको पर्व हो । यसले मर्यादा बोकेको छ । सद्भाव बोकेको छ । आत्मियता र आत्मविश्वास बोकेको छ भन्ने कुरा हाम्रो व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्छ । यस्ता पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्षहरु हुन् । हामीले पर्व र संस्कृति जोगायौं । आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गयौं भने विविधतापूर्ण संस्कृति हाम्रा साझा सम्पति हुन पुग्दछन् । हामीले आगामी दिनमा यो देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्ण देश भएको उत्पादन र प्रगतिको उदाहरण देखाउनुपर्ने छ । त्यसका लागि विशेष गरी मर्यादाको खाँचो छ । हामीले हाम्रा पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै होइन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउनुपर्ने छ । गौरा पर्वले एकताको कुरा गर्छ । सद्भाव र मेलमिलापको कुरा गर्छ । अब गौरा पर्वले केवल सुदूरपश्चिम होइन । नेपाल र नेपालीको हित र कल्यानको बाटो लिन सक्नुपर्छ ।’

उनले पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउन आवश्यक रहेको बताए । उनले गौरा पर्वले एकता,सद्भाव र मेलमिलापको कुरा गरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्