काठमाडौं । गोरक्ष हाइड्रोपावरले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३ गते काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बस्ने गरी एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभाले जारी पूँजीको १० प्रतिशतले हुन आउने सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १५ प्रतिशत सेयर कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा र सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आईपीओ निष्कासनका लागि सम्बन्धित कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्ने कम्पनीले जनाएको छ । सोही सभाले अधिकृत पूँजी वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ र तत्काल जारी पूँजी वृद्धि गरी १ अर्ब ३० करोड रुपैयाँ पुर्याउने, प्रबन्धपत्र नियम ६ र नियमावली नियम २७ ९२० संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को कार्यप्रगति, वार्षिक लेखापरीक्षकको प्रतिवेदन, अनुसूची सहितको वित्तीय विवरण अनुमोदन गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहबाट ३ जना र १ जना व्यवसायिक विशेषज्ञ मनोनित गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनहोस्