Shikhar Insurance
National Life

साउन महिना १ अर्बले आयात घट्दा पनि २ अर्ब ३७ करोडले बढ्यो भन्सार महसुल संकलन

सिंहदरबार संवाददाता
२०८१ भाद्र १०, सोमबार ०८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले आयात घट्दा पनि भन्सार महसुल संङ्कलनमा भने वृद्धि गरेको छ । चालु वर्षको साउन महिनामा गतवर्ष आर्थिक वर्ष २०८०/०८१ को तुलनामा राजस्व संकलन वृद्धि भएको हो ।

विभागको तथ्यांक अनुसार चालु वर्षको साउन महिनामा ३४ अर्ब ६९ करोड ७९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । यो गतवर्ष को तुलनामा २ अर्ब ३६ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । गतवर्षको साउन महिनामा ३२ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो वर्षको तुलनामा चालु वर्ष आयातको ग्राफ केहि मात्रामा घटेको छ । गत वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ लाख रुपैयाँ बराबरको आयात हुदाँ चालु वर्षको साउन महिनामा १ खर्ब २८ करोड ३७ लाख बराबरको आयात भएको छ ।

चालु वर्ष आयात बढ्ने अनुमानका बिच पुन: आयातमा संकुचन आएको हो । वैदेशिक मुद्राको संचिति बढ्दै जादा सरकारले आयात बढाएर राजस्व तथा आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य लिएपनि आयातमा भने सुधार आउन सकेको छैन ।

चालु वर्षको पहिलो महिना सबैभन्दा धेरै आयात हुने वस्तुहरुमा पेट्रोल, डिजेल, ग्याँस रहेको छ । यसैगरी, तयारी मोटरसाइकलको सट्टामा अनएसेम्बल मोटरसाइकल आयात हुन थालेका छन् । धेरै आयात हुने १० वस्तुभित्र गाडी, फलाम, सनफ्लावर तेल परेका छन् ।

पहिलो महिना १२ अर्ब २२ करोडको निर्यात भएको छ । गतवर्षको तुलनामा निर्यात ९ प्रतिशतले गिरावट आएको छ । व्यापार घाटा १ खर्ब १६ अर्ब नाघेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असार ३० गते अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पछिको पहिलो महिनामै राजस्व संकलनको दरमा वृद्धि भएको हो । भैरहवा, विराटनगर लगायत  भन्सार कार्यालयहरुले चोरी तस्करीलाई कडाई गरिरहेका छन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्