Shikhar Insurance
National Life

नेपाल डिजिटल पेमेन्ट्स ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४ अवार्ड’ द्वारा सम्मानित

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी) लाई ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ को अवार्डले सम्मानित गरेको छ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवर्धित ‘एनडीपीसी’ लाई अनलाइन समाचार एग्रीगेटर, ‘ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु’ ले सम्मानित गरेको हो । ग्लोबल फाइनान्सियल मार्केट रिभ्यू जीएफएम वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पारदर्शिता कर्पोरेट सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाप्रति एनडीपीसी द्वारा संचालित डिजिटल भुक्तानी सेवा प्रदायक, नमस्ते पे को प्रतिबद्धता र निरन्तर प्रयासको आधारमा यो अवार्ड एनडीपीसी लाई प्रदान गरिएको हो नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विधुतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ।

नमस्ते पे ले युएसएसडी च्यानल मार्फत *५००# डायल गरेर उपभोक्ताहरूलाई बिना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ, जसले डिजिटल वित्तमा उपभोक्ताहरूलाई सहज पहुँच प्रदान गरेको कम्पनीले जनाएको छ । साथै ‘Request Money’ र ‘Split Bill’जस्ता सुविधाहरू उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत बनेको छ।

ग्लोबल फाइनान्सियल मार्केट रिभ्युले आफ्नो वेबसाइटमा अवार्ड विजेताहरूलाई प्रवर्द्धन गर्न र विभिन्न समाचार प्लेटफर्महरूमा व्यापक कभरेज सुनिश्चित गर्न आफ्ना मिडिया साझेदारहरूसँग सहकार्य गर्ने योजना समेत बनाएको कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्