Shikhar Insurance
National Life

हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव छैन : माधव नेपाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन् ।

सत्तारुढ काँग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रश्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताविना सम्भव नरहेको दाबी गरेका हुन् । आईतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको सपथग्रहण समारोहमा बोल्दै उहाँले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे । हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाई थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमती मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याए । उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे ।

अध्यक्ष नेपालले भने, ‘यो समिकरण रातारात परिवर्तन भयो । कसरी मान्छेहरुलाई झुक्याइँदो रहेछ । हुन त सबै झुक्किँदा रहेनछन् । धेरै सोझो भएर पनि झुक्किदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन् । यो सत्ता समिकरण परिवर्तन गर्नेहरुको राम्रो उद्देश्य थियो ? राम्रो देखिँदैन । संविधान संशोधन गर्ने उद्देश्य थियो ? संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छ ? त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैन ? सार्वजनिक बहसको विषय बनाउनु पर्दैन । त्यसो हुनाले यो जुन हिसावले संविधान संशोधनको विषय आएको छ । यो पनि बडो अपारदर्शी छ । के हो के ? बुझन सकिएको छैन । त्यो हुनाले अहिलेनै म धेरै टिप्पणी गर्न चाहन्न । पहिले विषयबस्तुहरु आओस, कुराहरु आओस् । तर हाम्रो सहभागिता बिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ । त्यो सम्भव छैन ।’

‘हाम्रो संख्याले पनि दिँदैन म भन्छु तपाईहरुलाई । हाम्रो संख्या र त्यसमा सहभागी नभएकाहरुको संख्याले यो संविधान संशोधन गर्न दिँदैन । त्यो हुनाले हाम्रो सहभागिता विना त्यो उपाय नै छैन । पुराना संविधानको प्रावधानलाई पनि समिक्षा गरौँ । संसारको अरु देशको संविधानलाई पनि हेरौं । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौ । यस आधारमा कहाँ कहाँ सुधारको आवश्यकता छ रु सुधार आवश्यक छैन होइन, जरुरी छ । तर सुधार गर्दाखेरी समग्र पक्षलाई नसोची गर्दाखेरी समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसावले अगाडि बढाउन खोजिएको छ । त्यो बडो सन्देशस्पद छ । फेरि दुई पार्टी परिपाटीको कुरा पनि सारिएको छ । त्यो नेपालमा सम्भव छैन’ उनले भने ।

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्