काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ मा पुगेको हो ।
आइतबार ३३३ कम्पनीको ४२ करोड ६८ लाख ६ हजार ६ सय ४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी, थ्री स्टार हाइड्रोपारको ९.९४ प्रतिशत, धौलागिरी लघुवित्तको ८.१४ प्रतिशत, गुरासँ लघुवित्तको ७.२७ प्रतिशतसहित ८३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्