Shikhar Insurance
National Life

बजेट निर्माणबारे राय–सुझाव लिन वडा–वडामा पुग्दै मेयर शाक्य

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार ०८:१४
Hyundai
NCELL
NIMB

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताएका छन् ।

राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हो,’ शाक्यले भने , ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा म धेरै पटक वडा–वडामा पुगेको छु । यो पटक बजेट निर्माणका सन्दर्भमा पनि सबै वडाका जनप्रतिनिधिको राय–सुझावसहितको आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको छु ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख शाक्यले सबै वडाध्यक्षलाई वडा समितिका बैठकमा आफूलाई समय मिलाएर बोलाउन आग्रह समेत गरे । ‘असार २ गतेबाट काठमाडौँ महानगरको नवौँ अधिवेसन सुरु हुन्छ । त्यस अघि नै आ–आफ्ना वडाको विकास निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटमा के–के समावेश गर्नुपर्ने हो त्यो विषय वडावासीसँग व्यापक छलफल गरी योजना बनाएर ल्याउनुहोस । सबै वडामा एकै पटक पुग्न सम्भव हुँदैन । त्यसैले वडाका बैठकमा समय मिलाएर मलाई निम्ता दिनुहोला म सबै जनप्रतिनिधि र वडावासीसँग गहन छलफल गरेर सकेसम्म सबैको चित्त बुझ्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन तयार छु ।’

शाक्यले अहिले योजना नल्याउने अनि पछि मेरो वडामा योजना परेन भनेर गुनासो गर्ने अवस्था नहोस भनेर यस्तो योजना बनाएको पनि बताए । शाक्यले वडाका अन्य महत्वपूर्ण बैठकमा पनि आवश्यकताका आधारमा उपस्थित भएर छलफल गर्न तयार रहेको जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्