Shikhar Insurance
National Life

प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ: सांसद चन्द

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १४:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छिन् ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) को धारणा रहेको बताईन् । उनले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बतार्यन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताइन् । उनले भने, ‘चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय राखेको छैन । तसर्थ कसैले पनि घोषणा पत्रमा संविधान संशोधन गर्छौं भनेर नलेखेकाले जनअनुमोदित छैन । यसलाई पहिला जनअनुमोदित बनाउनु पर्‍यो । संविधानअनुरुप कानून दियौँ की दिएनौँ । प्रदेश मजबुत बनाएका छौँ की छैनौँ, छैनौँ भने कसका कारणले यसको पनि विश्लेषण हुनुपर्छ । संविधान संशोधनको कुरा गर्नुहुन्छ भने आफ्नो आधिकारिक धारणा ल्याउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि बनाएर जाऔँ ।’

सांसद चन्दले समानुपातिक समावेशीलाई दोष लगाउनु भन्दा सही अन्वेषण गर्नुपर्ने बताइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्