Shikhar Insurance
National Life

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले उठायो साउनमा ३ अर्ब ७५ करोड राजस्व

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १३:५७
Hyundai
NCELL
NIMB

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् ३ अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गरे । ‘चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व सङ्कलनले आगामी दिनको दिशानिर्देश गर्नेछ’, उनले भने ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् ४ अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व सङ्कलन ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व सङ्कलनमा केही कमी आएको बताए ।

कार्यालयले आव २०७९/८० को साउनमा भने ३ अर्ब ६१ करोड ८५ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्