Shikhar Insurance
National Life

‘नाडा अटो शो’ अघि भित्रिए ३७८ इभी गाडी, ५० करोड मात्रै उठ्यो राजस्व

सिंहदरबार संवाददाता
२०८१ भाद्र १०, सोमबार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा ३ सय वटा बढी इलेक्ट्रीक कार, जिप र भ्यान(इभी गाडी) नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा ३ सय ७८ वटा इभी गाडी नेपाल भित्रिएको हो ।

साउन महिनामा १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी जम्मा १ वटा भित्रिएको छ । त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी गाडी २ सय १६ वटा र ५० किलोवाटका इभी गाडी जम्मा १ सय ६१ वटा नेपालमा आयात भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी गाडी खरिद गर्न नेपाली व्यवसायीहरुले साउन महिनामा मात्रै विभिन्न देशमा ८७ करोड ९५ लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् । जसबाट सरकारले इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) आयात मार्फत ५० करोड १२ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म ११ हजार भन्दा बढि गाडी भित्रिएको थियो । नेपालमा ५० किलोवाटको ४ हजार ५ सय ७१ वटा गाडी भित्रीएका थिए । त्यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको गाडी ६ हजार ८ सय ८५ वटा र १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको २ सय १७ वटा गाडी नेपालमा आयात भएका थिए ।

त्यस्तै, २०७९/८० मा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) कुल ४ हजार ४६ वटा भित्रिएका थिए । जसका लागि नेपाली व्यवसायीले ११ अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँको रकम खर्चिएका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्