Shikhar Insurance
National Life

मानुषी लघुवित्तको साधारण सभा सम्पन्न, डिमर्ज प्रस्ताव सर्वसम्मतिले पारित

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार(भदौ ७) गते सम्पन्न भएको हो ।

सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । संस्थाले श्रृजनशील लघुवित्त सँग मर्ज गर्ने भनेर अघिल्लो आ.व. मा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो । विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन् । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको सेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्