काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहका युवा नेताहरुले अध्यक्ष केपी ओलीको आव्हानले पार्टी एकता नहुने बताएका छन् । ओलीले छलछामपूर्ण ढंगले सत्ता जोगाउने नियतसहित कथित एकताको आव्हान गरेको भन्दै युवा नेताहरुले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
युवा नेता जगन्नाथ खतिवडा, जीवन राम श्रेष्ठ, राम कुमारी क्राक्री, दामोदर अर्याल, युवा संघका अध्यक्ष नरेश शाही, उपाध्यक्ष नितेश पौडेलसहितका नेताहरुले ओलीको आव्हानको कुनै अर्थ नरहेको बताएका हुन् ।
यस अघि गरिएको कारवाही फिर्ता नभएको, संसद बिघटनको महाभूल स्वीकार नगरेको, जेठ २ अघिको संरचनामा जान नमानेको, अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त राखेका कारण ओलीको आव्हानको कुनै अर्थ नभएको नेताहरुले बताएका हुन् । यद्यपी, नेपाल समुहले आफ्नो आधिकारीक धारणा भने आजै बस्ने स्थायी कमिटी बैठकबाट तय गर्नेछ ।
माधव नेपाल समुहका कार्यकर्ताहरुले भने ओलीको आव्हानमा षडयन्त्र मात्रै देखिएकाले लत्रिएर कथित एकताको पक्षमा नजान दबाव अभियान नै चलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्