काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन(शुक्रबार)५ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको हो ।
नेपाला सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँ खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्