Shikhar Insurance
National Life

‘नाडा अटो शो’ को मुखैमा पुर्व अर्थमन्त्री खतिवडाको नकारात्मक अभिव्यक्ति, ‘हायर पर्चेज लोन धेरै दिएको आरोप’

सिंहदरबार संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले आवश्यकता भन्दा धेरै अटो लोन दिएको आरोप लगाएका छन् । नेकपा(एमाले)को भातृ संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री समेत रहेका डा. खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले धितो छ भन्दै जथभावी कर्जा प्रवाह गर्न नहुने र हायर पर्चेज(अटो लोन)का क्षेत्र आवश्यकता भन्दा धेरै कर्जा प्रवाह भैसकेको आरोप लगाएका हुन् ।

कार्यक्रममा डा. खतिवडाले भने, ‘यातायात क्षेत्रमा हामीले समितीहरु भंग गर्यौं। कम्पनीमा जानु भन्यौ । त्यतिखेरको सम्पति हस्तान्तरण गर्न भन्यौ । अझै पनि सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्नेछ । कानुनी पाटो एउटा छ । यस्तै जोखिमका कुरा छन् । बीमाका कुरा छन् । आवश्यकता भन्दा बढी सवारी आयात भयो कि भन्ने कुरा छन् । बैंकिङ कम्युनिटीका साथीहरुलाई म के भन्न चाहान्छु भने तपाईहरुको काम हो । अधिक भन्दा अधिक कर्जा प्रवाह गरिरहदाँ जोखिम के छ हेर्नु पर्दैन र ? यति धेरै हायर पर्चेज कर्जा दिइरहँदा कर्जा तिर्न सक्ने आम्दानी हुने क्षेत्र हो या होइन धितो छ भन्दैमा कर्जा प्रवाह गरिरहने कुरा ठिक होइन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

यातायात क्षेत्र पनि सिमेन्ट उद्योग, रड उद्योग, जुनसुकै उद्योगहरुमा पनि सोहि कुरा लागू हुने डा. खतिवडाको भनाई छ । उनले थपे, ‘व्यवसायीहरु बैंकले ऋण नदिए आफ्नै मात्र लगानीले त कति उद्योग धन्दा खुल्छन् र  ? यसकारण बैंकहरु अलिकति चनाखो भैदिनु हुन यहि कार्यक्रमबाट अनुरोध गर्न चाहे । जसले गर्दा व्यवसाय धेरै खुल्ने कारोबार कम हुने ऋण तिर्न नसक्ने । यो अवस्था नआओस भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ ।’

२०८१ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले हायर पर्चेजमा १ खर्ब २४ अर्ब १० करोड २० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । अटोमोबाइल व्यवसायीहरुको कुम्भ मेलाका रुपमा लिइने नाडा अटो शो आउन तीन दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडाकाले यस्तो अभिव्यक्त आएको हो । नाडा अटो शोबाट व्यवसायीहरुले आफ्नो वार्षिक व्यापारको आधा भन्दा बढी व्यापार गर्दछन् ।

बैंक तथा वित्तिय संस्थाहरुले पनि सहुलियत ब्याजदर र किस्ताको सुविधासहित अटो शो केन्द्रित अफरहरु ल्याईरहेका छन् । दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वहरुको पूर्व सन्ध्यामा आयोजना हुने अटो शोले नै सुस्ताएको अटोमोबाइल बजारमा प्राण भर्ने अपेक्षा गरिएको छ । तर डा. खतिवडाले भने अटो लोन दिदाँ बैंकहरुले सचेत रहनु पर्ने बताएका हुन् ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्