Shikhar Insurance
National Life

आईपिओबाट वर्षमा २ खर्ब पूँजी जुटाउनुपर्छ : डा खतिवडा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले पूँजी बजारबाट वर्षमा २ खर्ब पूँजी जुटाउनु पर्ने बताएका छन् । एमाले निकट व्यवसायीहरुको संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका खतिवडाले पूँजी बजारबाट हरेक वर्ष दुई खर्ब पूँजी जुटाउनु पर्ने बताएका हुन् ।

उनले पूँजी बजारको दिगो विकासमा सरकार प्रतिवद्ध रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पूँजी बजारका बारेमा कुनै गलत सोच राख्नुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । धितोपत्र बोर्डमा योग्यतम र अनुशासित व्यक्ति नियुक्त हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

‘पूँजी बजारमा आईपिओबाट वर्सेनि दुई खर्ब रुपैयाँ पुजि जुटाउनु पर्नेछ । सेयर बजारको दिगो विकासबारे अन्यथा सोच्नु पर्ने अवस्था छैन । धितोपत्र बोर्डमा यथासक्य योग्यतम व्यक्ति नियुक्त हुनुहुनेछ ।’ प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. खतिवडाले भने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्