Shikhar Insurance
National Life

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

सिंहदरबार संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १५:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेश्नल लाईफ इन्स्योरेन्स कम्पनी लमिटेडले ३६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय प्राङ्गणमा आयोजित साधारणसभाले १० प्रतिशत नगद लाभांस (कर प्रयोजनका सहित) र ४ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पास गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/०८० को आम्दानीबाट १४ प्रतिशत नगद र बोनस लाभांस पारित गरेको हो । कम्पनीको संचालक समितिले चुक्ता पूँजीको १० प्रतिशतको दरले नगद लाभांश अर्थात रु.५० करोड ११ लाख ६६ हजार ६ सय ४२ रुपैयाँ र बोनस शेयर ४ प्रतिशतले हुने लाभांश रु. २० करोड ४ लाख ६६ हजार ६ सय ५७ रुपैयाँ लगानी कर्तालाई वितरण गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, कर प्रयोगजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ छुट्याएको छ । अब कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुगेको छ । साधारणसभामा बोल्दै कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कमजोर आर्थिक स्थितिमा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्न सफल भएको बताए ।

अध्यक्ष सिंहले भने, ‘कमजोर आर्थिक गतिविधिका कारण स्वदेशी अर्थ व्यवस्था समेत सुस्त रह्यो । तरलता समस्यामा केही सहजता देखा परे पनि बढ्दो व्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पायो भने पूँजीगत खर्च एवं समग्र मागमा आएको कमीले अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव पारेको छ । यी विविध कारणहरुले आ.व.२०७९/०८० मा जीवन बीमा व्यवसाय राम्ररी विस्तार हुन सकेन, यद्यपि आ.व.२०८०/०८१ मा जीवन बीमा व्यवसायले सुधारको बाटो समातेको छ ।’
अध्यक्ष सिंहले कम्पनीले आगामी दिनमा थप व्यापार विस्तार गरी लाभांस दर बढ्ने विस्वास व्यक्त गरे । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा प्रतिकूल परिस्थितिको वावजुद सन्तोषप्रद व्यवसाय गरी जीवन बीमा बजारमा आफ्नो हिस्सा विस्तार गर्न सफल भएको छ ।

कम्पनीको वित्तिय विवरण अनुसार कूल बीमा प्रिमियम आम्दानी समिक्षा वर्षमा १६.६६ प्रतिशतले वृद्धि भई रु १६८०.९० करोड पुगेको छ भने कूल लगानी १५.७२ प्रतिशतले वृद्धि भई रु ५९७८.२० करोड पुगेको छ ।
लगानी आयमा गत वर्ष भन्दा २२.११ प्रतिशतले वृद्धि भई रु.४८७१८ करोड पुगेको छ ।

कम्पनीको कूल बीमा करार दायित्वमा चालु वर्षको रु ९३१.८३ करोडको खूद वचत समेत गरेर वर्षान्तमा रु. ६,५४०.४० करोड पुगेको छ । कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा व्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ ।

जसअनुसार नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथा शिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले मर्चेन्ट बैंकिङ (Merchant Banking) क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ । आर्थिक वर्ष २०६०/०८१ देखि नै सहायक कम्पनी कै रुपमा एउटा इन्भेष्टमेन्ट कम्पनी (Investment Company) खोल्न तयारी गरिरहेको छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पुग्ने कम्पनीको विश्वास छ ।

कम्पनीले ग्राहक केन्द्रित भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै आएको छ । कम्पनीले ब्यवसाय संचालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएका छ र डाटाबेस सुरक्षाको लागि आवश्यक ब्यवस्था समेत मिलाएको छ ।
कठिन समयमा पनि कम्पनीले राम्रो व्यापार गर्न सफल भएको छ । सहज दाबी भुक्तानीका लागि कर्मचारीहरुलाई तालिम उपलब्ध गराएको छ । कम्पनीका साधारण सदस्य कुबेर श्रेष्ठले अरु कम्पनीहरुलाई जित्नेगरी नेश्नल लाईफ अघि बढ्नुपर्ने बताए । लगानीकर्ता श्रेष्ठले भने, ‘हरेक वर्ष लाभांस दिएको छ, क्यापिटल बढ्दै गएको छ ।

यो वर्ष १० प्रतिशत नगद लाभांस र ४ प्रतिशत बोनस शेयर दिएकोमा व्यवस्थापक सम्पुर्ण टिमलाई धन्यावाद छ ।’ आगामी दिनमा उत्कृष्ट कम्पनी बन्नेमा अर्का साधारण सदस्य प्रोफेसर शत्रुधन श्रेष्ठले विस्वास व्यक्त गरे । अर्का सदस्य डम्बर बल्लभ घिमिरेले कठिन समयमा पनि १० प्रतिशत नगद लाभांस र ४ प्रतिशत नगद लाभांस दिन सक्नु खुशिको विषय भएको बताए । उनले आर्थिक वर्ष नसकिदै साधारणसभा गरिदिन आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्