Shikhar Insurance
National Life

प्रदेश २ सरकारबाट महन्थ–राजेन्द्र पक्षिय चार मन्त्री बर्खास्त

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २३, आईतवार २२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रदेश २ सरकारबाट महन्थ ठाकुर–राजेन्द्र महतो पक्षधर चार मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ चार जना मन्त्री बर्खास्त गरेका हुन् । बर्खास्त हुने मन्त्रीहरुमा जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मंडललाई मंत्री पदबाट बर्खास्त गरेको हो ।

बर्खास्तीमा परेकामध्ये सोनल भौतिक मन्त्री, सुरेश मंडल उद्योग राज्यमन्त्री, डिम्पल झा भौतिक राज्यमन्त्री र अभिराम शर्मा समाजिक विकास राज्यमन्त्री थिए । केन्द्र सरकारमा महन्थ र राजेन्द्र महतो समुह सहभागी भएसँगै प्रदेशमा उनीहरु पक्षिय मन्त्रीहरु बर्खास्त भएका हुन् । प्रतिगमन दलहरुसँग मिलेर नयाँ मन्त्री नियुक्त गर्ने राजपाका नेता तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्