Shikhar Insurance
National Life

एमआईटी ग्रुपबाट तिन करोड बराबरको स्वास्थ्य सामग्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २३, आईतवार २०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनले कोरोना प्रभावित नेपालीका लागि थप तिन करोड रुपैयाँका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा स्थापित फाउण्डेसनले संक्रमितको उपचारका लागि अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको अवस्थामा मानव जीवन रक्षाका लागि आपतकालीन सहयोगस्वरुप २ सय २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अष्ट्रेलियामा मुख्यालय रहेको फाउण्डेसनले ती सामग्री शनिबार साँझ काठमाडौ आइपुगेको जनाएको छ । फाउण्डेसनले गत वर्ष कोरोना प्रभावितको सहयोगका लागि ३ करोड सहयोग गरेको थियो । फाउण्डेसनकी निर्देशक जमुना गुरुङले कोरोना कहरसँग लडिरहेको मातृभूमिप्रतिको दायित्वबोध गरेर यो रकम सहयोग गर्न लागेको बताउनुभयो ।

फाउण्डेसनका निर्देशकद्वय शेष घले र जमुना गुरुङले विभिन्न खोप उत्पादक कम्पनी, कोभ्याक्स अभियान सञ्चालन गरिरहेका संस्था र अष्ट्रेलिया सरकारसँग समेत नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको फाउण्डेसनले जनाएको छ । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्