काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ११ सय रुपैयाँले घटेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५१ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज सुन प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्