Shikhar Insurance
National Life

नेशनल फण्ड म्यानेजमेन्टको हकप्रद सेयर बिक्री प्रक्रिया रद्द

सिंहदरबार संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयरको बिक्री प्रक्रिया रद्द गरेको छ ।

कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भनेको ११ लाख ७२ हजार कित्ता सेयरको बिक्री प्रक्रिया रद्द गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूका लागि २:१ अनुपातमा ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो । उक्त अवधिमा वितरण नभई बाँकी रहेको सेयर लिलाम प्रक्रिया मार्फत बिक्री गर्ने तय गरेको थियो ।

कम्पनीले सेयरको न्यूनतम मूल्य ५० मा प्रिमियम बापत ५० थप गरी न्यूनतम १०० मा जोकाहीले किन्न पाउने गरी बिक्री गर्ने जनाएको थियो ।तर कम्पनीले आज भदौ ७ गते एक सूचना जारी गर्दै बिक्री प्रक्रिया रद्द गरिएको जानकारी गराएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्