Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ७, शुक्रबार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो तर ३५ दिनभित्र पनि संस्थापक सेयरधनीले सेयर किन्न नचाहेपछि सर्वसाधरणले किन्न पाउने गरी पुन: बिक्रीमा ल्याइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि इच्छुकले अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंको आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्