काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५८ हजार ६ सय ६४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ लिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन पेश नभएके खण्डमा बैंककले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्