काठमाडौं । सरकारको आम्दानी १ खर्ब नाघेको छ । चालु वर्षको १ महिना ६ दिनामा सरकारको आम्दानी १ खर्ब ४ अर्ब ९१ करोड नाघेको हो ।
चालु वर्षमा सरकारले औषत आम्दानी दैनिक २ अर्ब ८८ करोड रुपैयाँ छ । यदी सरकारले लक्ष्य अनुसारको आम्दानी गर्ने हो भने दैनिक ३ अर्ब ८८ करोड आम्दानी गर्नु पर्नेछ ।
चालु वर्ष सरकारले कर, गैरकर, अनुदान र अन्य शिर्षकमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख संकलन गर्ने लक्ष्य लिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार कर र गैरकर शिर्षकमा हालसम्म १ अर्ब २ अर्ब रुपैयाँ संकलन भएको छ ।
सरकारले अघिल्लो आर्थिक वर्षको तुलनमा भने धेरै राजस्व उठाउन सकेको छैन । अघिल्लो वर्षको तुलनामा चालु वर्ष ६ अर्ब मात्रै बढि राजस्व संकलन भएको छ । सरकारले विकास खर्चको गतिमा भने केहि सुधार गरेको छ ।
गत आर्थिक वर्षको पहिलो १ महिना ६ दिनमा २ अर्ब ५४ करोड २२ लाख विकास खर्च गरेको सरकारले चालु वर्षको सोहि अवधिमा ९ अर्ब ६९ करोड ७४ लाख भुक्तानी दिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष २.८१ गुणाले विकास खर्चको रफ्तार बढेको हो ।
सरकारले यो अवधिमा चालु खर्च तर्फ १७ अर्ब ५९ करोड खर्च गरेको छ । यस्तै, वैदेशि तथा आतरिक ऋणको सावा ब्याज भुक्तानीका लागि २० अर्ब ३५ क।ड भुक्तानी गरेको छ ।
अर्थ मन्त्रालयले अनिवार्य विकास खर्च शिर्षकमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन सकेको छैन । यस्तै, मन्त्रालयकै दायित्वभित्र पर्ने कोभिड बिमाको दायित्व कृषि बिमाको दायित्व सहुलियत ब्याजको दायित्व भुक्तानी गर्न सकेको छैन ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बढ्दो चुनौतिकाबिच खर्चको रफ्तार बढाएको बताएका छन् । उनले सरकारको आम्दानी र विकास खर्च बढाउन प्रयास गरिरहेको बताएका छन् ।
मन्त्री पौडेलले बिहिबार मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चीन सरकारसँग लिएको २५ अर्ब ८८ करोड ऋण अनुदानमा बदल्न पत्र लेखिसकेका छन् । यदी चिनियाँ पक्षले सो ऋणलाई अनुदानमा परिणत गरे राज्यलाई ठूलो दायित्व कम हुनेछ । अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले व्यापार गर्न नसक्दा चौतर्फि आलोचना भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्