Shikhar Insurance
National Life

शिर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको छ : वामदेव गौतम

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदव गौतमले शिर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

बिहिबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जहाँ पनि कम्युनिष्ट—काँग्रेस मिल्न आवश्यक नरहेको बताए । उनले जनीतिक दलहरुले जनताको अधिकार अपहरण गरेको बताउँदै नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए।

उनले भने, ‘अध्यक्षज्युमार्फत म सरकारमा रहेका पार्टीका नेताहरुलाई भन्न चाहन्छु, नेपाल अगाडि बढाउने हो भने यो फोहोरी राजनीति समाप्त गर्नुस् । काँग्रेस र कम्युनिष्ट मिल्नैपर्छ ? जसबेला मिल्नुपर्ने थियो, त्यसबेला हामी मिल्यौँ । निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टा छुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने ? भोलि फेरि निर्वाचन हुँदा जनताले आफ्नो उम्मेदवार कसरी निर्वाचित गर्ने ? जनताको अधिकार यसरी अपहरण गर्न पाइन्छ ? जनताको मानसिक शोषण यसरी गर्न पाइन्छ ? पाइँदैन ।’

सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्