काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामथ्र्य अब नेपालसँग नरहेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले देशभरका नागरिकहरुको देशमा शान्ति, सुव्यस्था सधैँका लागि र सबैका लागि स्थापित होस् भन्ने चाहना रहेको बताए । उनले यो विधेयकले द्वन्द्वपीडितहरुलाई न्याय दिने द्वन्द्व पीडितमैत्री विधेयक रहेको दाबी गरे ।
उनले विधेयकले यौनज्यन हिंसा र बलात्कारका सम्बन्धमा प्रचलित कानूनअनुसार नै हुने व्यवस्था गरेको र मेलमिलाप गर्दा मानव अधिकारको घटना र मानव अधिकारको गम्भीर उल्लंघनको घटनालाई अलग अलग व्यवस्था गरेको उल्लेख गरे । मन्त्री चौरसियाले आयोग गठनमा सरकार पारदर्शी ढंगबाट अघि बढ्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्