Shikhar Insurance
National Life

सबैलाई सत्ता चाहिएको छ, देशमा शिक्षाको स्थिति नाजुक छ : प्रथम राष्ट्रपति यादव

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरु नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तिर्ण हुनु यसकै नतिजा रहेको बताए । उनले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए । उनले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए । सबै राजनीतिक दलहरु सत्ताका लागि मरिहत्ते गरिरहेको जानकारी दिए ।

प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको जानकारी दिए । उनले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्