Shikhar Insurance
National Life

काँग्रेस र एमालेलाई सांसद सिंहको सुझाव–त्रिविको जग्गा बाँड्नुस् र पार्टी कार्यालय बनाउनुस्

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले) लाई त्रिभुवन विश्वविद्यालयको सम्पती आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले काँग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए ।

उनले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताए । उनले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए । सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्