काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा फाइलहरु बिना कारण नरोकिने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले मन्त्रालयमा बिना कारण कुनैपनि फाइल नरोकिने स्पष्ट पारेका हुन् ।
उनले अविरल वर्षाको कारण र कर्मचारीहरुको व्यवस्थापनका कारण श्रावण महिनामा काम गर्न नसकिएको बताए । उनले मन्त्रालय कर्मचारीहरुको व्यवस्थापन गर्न लागिरहेको भन्दै कर्मचारीको व्यवस्थापन पछि काममा कुनै समस्या नआउने जानकारी दिए । उनले आश्विन महिनासम्ममा सबै ठेक्काहरु लगाइसक्ने लक्ष्य मन्त्रालयले राखेको बताए ।
उनले यस आर्थिक वर्षमा विनियोजित रकमहरु आयोजनाहरुको स्थिति हेरेर क्रमश: अगाडी बढाइने बताए । उनले ड्राइभिङ लाइसेन्सलाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग जोड्ने तयारी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्