काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ मा पुगेको हो ।
बिहिबार ३३३ कम्पनीको ४ करोड ९५ लाख १ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज एसबीएल डिभेन्चरमा नकरात्मक सर्किट लागेको हो । त्यस्तै, एनबीबीएल डिबेन्चर, बोटलर्स नेपाल(बालाजु), राष्ट्रिय बीमा कम्पनी सहित १३५ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्