काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.०१ अंकले बढेर २९७४.४६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ३३३ कम्पनीको कारोबार हुँदा ४ करोड ९ लाख ५१ हजार ७ सय २० कम्पनीको सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ संकलन भएको छ ।
बिहीबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ३ करोड ९३ लाख ४१ हजार ५ सय ४३ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ९० रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्