काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ मा पुगेको हो ।
बिहिबार ३३३ कम्पनीको ४ करोड ९५ लाख १ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, ग्रीन डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, स्वारोजगार लघुवित्त सहित १७८ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्