Shikhar Insurance
National Life

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुहुँदैन : सभापति लामिछाने

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् ।

बिहिबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताउँदै नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने बताउँदै भने, ‘भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राखिनु हुँदैन । नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ । दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतिघरमा आन्दोलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको तर अबेर राति छोडेको भन्ने सुनियो । के खगेन्द्र जस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो ? आफ्नो हक माग्नेजति सबैलाई मुख थुनेर बन्द गर्ने नियत हो कि सरकारले ऊ जस्ता अभियन्ताहरुको आवाज सुनेर संविधानले निर्दिष्ट गरे अनुसार राज्यको संरचनाहरुमा सहभागिता गराउने हो ? सरकारले स्पष्ट पारोस् ।’

सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माईतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए । उनले दलितहरुले आफ्नो हक माग्नु गलत हो भनि सरकारलाई प्रश्न समेत गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्