Shikhar Insurance
National Life

सांसद पन्तको प्रश्न-‘देशभर डेंगु र हैजाको प्रकोप फैलियो, सरकारको योजना के छ ?’

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १३:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बिहिबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताएकी हुन् । उनले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गरिन् । उनले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भनिन्, ‘देशभर डेंगुको प्रकोपले जनता हैरान छन् । डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ कता छ ? त्यो जान्न चाहन्छु । हामीसँग विवरण छैन । हामीलाई थाहा छ, डेंगुले नेपाली जनतालाई धेरै दु:ख दिएको छ । हरेक जिल्लामा पुगेको छ । हैजा फैलिएको छ । हैजाको कहाँ कहाँ पुगेको छ, कारण के हो ? त्यो कारण पत्ता लगाइ सरकारको जवाफको निम्ति अध्यक्षज्युको रुलिङ होस् । यति लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति अध्यक्षज्युले रुलिङ पनि गर्नुभएको छ । सरकारले नसुनेको हो की ? हामी जान्न चाहन्छौँ ।’

सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्