काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन नयाँ रेकर्ड कायम राखेको सुनको मूल्य आज ११ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज सुन प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्