काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले भदौ १३ गतेदेखि संस्थापक समुहको ११ लाख ७२ हजार कित्ता सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो ।
कम्पनीले जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूका लागि २:१ अनुपातमा ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुल्ला गरेको थियो । सोही अवधिमा वितरण नभई बाँकी रहेको सेयर कम्पनीले लिलाम प्रक्रिया मार्फत बिक्री गर्न लागेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५० रुपैयाँ प्रिमियम बापत ५० थप गरी न्यूनतम मूल्य १०० रुपैयाँमा बिक्री गर्न लागेको छ । सेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा २० हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता सेयर खरिदको माग राखेर आवेदन दिन सकिनेछ ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी, अन्य व्यक्ति, संघसंस्था वा कम्पनीले भदौ १३ गतेदेखि भदौ २० गतेसम्म आफूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्