Shikhar Insurance
National Life

उद्योग मन्त्री भण्डारी र महानिर्देशक कोइरालाको ध्यान क्रसर,मदिरा, सुपारीमा कुन-कुन कम्पनीले पाए अनुमति ? (सूचिसहित)

प्रकाश वाग्ले
२०८१ भाद्र ६, बिहीबार ०८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिज्य आपुर्ति तथा आपुर्ति मन्त्री दामोदर भण्डारी र उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला मदिरा, सुपारी, क्रसरको अनुमति दिएका छन् । उद्योगीहरुको समस्यालाई एकातिर राखेर उनीहरुले सेटिङका काम मात्रै अघि बढाएका हुन् ।

औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्डको २४२ औं बैठकबाट बोर्डका सदस्य सचिव यज्ञराज कोइरालाले १७ वटा एजेण्डा बोर्डमा पेश गरेका छन् । बोर्डमा पेश गरेका एजेन्डाहरु मध्ये अधिकाँस सुपारी, मदिरा, खानी, बालुवा प्रशोधन सम्बन्धि उद्योग रहेका छन् । पछिल्लो समय औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्ड नीतिगत भ्रष्टाचारको केन्द्र बन्दै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्योगहरुको उत्पादन क्षमता वृद्धि गर्नका लागि पनि बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्थाको दुरुपयोग गर्दै नीतिगत भ्रष्टाचार हुने गरेको छ । बोर्डको साउन १६ गते बसेको बैठकले पनि केहि मदिरा उद्योग र गुट्खा उद्योगको क्षमता वृद्धि गरेको छ ।

बैठकको १५, १६, र  १७ नम्बर एजेन्डामा गुड्खा उद्योगको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो । जसमा मधु प्रोडक्टस् प्राइभेट फर्मको पुँजी तथा क्षमता वृद्धि गरेको छ ।  फ्रेग्रेन्सेस प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि  गरेको छ ।

यस्तै, श्री श्याम उद्योग प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति प्रदान गरेको छ । यी उद्योगहरुले क्षमता बढाएर वस्तुको उत्पादन भन्दा पनि सुपारी आयातको कोटा बढाउनका लाग मात्रै अनुमति लिएका हुन् ।

अहिले औद्योगिक प्रयोजनका लागि मात्रै सुपारीको आयात गर्न पाइन्छ । उद्योग मन्त्रालयले नै नीतिगत भ्रष्टाचार गर्न सुनियोजित सुपारी आयत सम्बन्धि कार्यविधि बनाएर राखेको छ । मन्त्रालयले गोप्य राखेको सो कार्यविधि अनुसार औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी आयात गर्न पाइन्छ ।

सुपारीको बजार भने नेपाल नभएर भारत हो । भारतमा सुपारी निकै महँगो हुने भएकाले नेपालमा आयात गरि केहि सुपारी नेपालमै उत्पादन भएको भनि भारत निर्यात गर्ने गरिन्छ भने केहि सुपारी अवैध रुपमा तस्करी गर्ने गरिन्छ । प्रतिकिलोमै राम्रो मुनाफा हुने भएपछि व्यवसायीहरु सुपारी ल्याउन उत्साहि हुने गरेका छन् ।

तीन मदिरा उद्योगको पुँजि तथा क्षमता बढ्यो

बोर्डको २४२ औं बैठकबाट तीन वटा मदिरा उद्योगको पुँजि तथा क्षमता वृद्धि भएको छ । बोर्ड बैठकको १२,१३ र १४ नम्बर एजेन्डामा राखिएको मदिरा कम्पनीहरुको पुँजि तथा क्षमता वृद्धि गरेको हो । पुँजि वृद्धि हुने मदिरा उद्योगहरुमा देवचुली डिष्टिलरी प्रा. लि, धनुषा डिष्टिलरी प्रा.लि.र गोल्डेन ग्लोब लिकर्स प्रा.लि. रहेका छन् । यी प्रालीहरु सबैको पुँजी र क्षमता वृद्धि गरेको हो ।

मदिरा उद्योगलाई औद्योगिक व्यवसाय ऐनले अनुमति लिनपर्ने उद्योगको सूचिमा समावेश गरेको छ । प्रत्येक उद्योगले क्षमता वृद्धि गर्न बोर्डबाट अनिवार्य स्वीकृति लिनुपर्छ । तर यसरी अनुमति लिदाँ उद्योगीहरुले उद्योग विभागका महानिर्देशक र उद्योग मन्त्रीलाई अनिवार्य खुशि बनाउनु पर्छ ।

मन्त्रालय स्रोतका अनुसार बोर्ड बैठकमा आउने यस्ता प्रस्तावहरु उद्योगको बढ्ने क्षमता र पुँजिको आधारमा कमिशन नबुझाएसम्म कुनै निर्णय हुँदैन ।

उद्योग विभागका एक कर्मचारीले भने, ‘उद्योगको क्षमता वृद्धि गर्ने विषय नौलो होइन तर तर १० वटा उद्योगको क्षमता वृद्धि गर्न परेको निवेदनमा के आधारमा ३ वटा कम्पनी मात्रै छनौट हुन्छ, अहिलेको गुट्खा उद्योग र मदिरा उद्योगको क्षमता वृद्धिको अवस्था हेर्दा पनि सेटिङमा काम भएको स्पष्ट हुन्छ ।’

यस्ता छन् बोर्डमा प्रस्तावित १७ एजेन्डा

  • वस्तुको उत्पादन गर्न करार (कन्ट्र्याक्ट) वा उपकरार (सब कन्ट्र्याक्ट) सम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने सम्बन्धमा ।
  • कच्चा पदार्थको नर्म्स निर्धारण सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने सम्बन्धमा ।
  •  स्थानीय / रैथाने मदिराको उत्पादन, ब्राण्डिङ्ग तथा प्रवर्द्धनको मापदण्ड तर्जुमा सम्बन्धमा ।
  • शुप्रेसन इनोभेसन प्रा.लि.को खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • सत्यवती खानी उत्खनन प्रा.लि. खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • माँ महाकाली खनिज उद्योग प्रा.लि. खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • त्रिशक्ति होल्डिङ्ग्स प्रा.लि.को खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • सलोनी वासिङ्ग प्लान्ट उद्योग प्रा.लि. वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  •  सतीमाई बालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • दन्तकाली क्वेरिज खानी उत्खनन प्रा.लि. खानी उत्खनन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • नुरी स्टोन एण्ड स्याण्ड वास प्रा.लि. वालुवा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिने सम्बन्धमा ।
  • देवचुली डिष्टिलरी प्रा. लि को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  • धनुषा डिष्टिलरी प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  • गोल्डेन ग्लोब लिकर्स प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  • मधु प्रोडक्टस् प्राइभेट फर्म को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।
  •  सर फ्रेग्रेन्सेस प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा
  • श्री श्याम उद्योग प्रा.लि. को पुँजी तथा क्षमता वृद्धि स्वीकृति दिने सम्बन्धमा ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्