काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् ।
बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय सेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनेको बताए । अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताए ।
उनले पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेको बताउँदै स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको बताए । उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको बताए । उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताए ।
उनले विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए । उनले भने,’जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ भनेका छौं । मुलुकभित्र लगानी गर्ने वातावरण बन्दैछ । करिब ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेका छन् । १ हजार लगानी गरेकाले ५ हजार लगानी गर्ने वातावरण बन्दैछ । अब केही काम हुने आशा व्यवसायीहरुमा परेको छ । स्थायी सरकार बनेको छ । जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित छौं । तर सँगै धेरै समस्याहरु छन् ।’
‘विद्युत विधेयक जस्ताको तस्तै पास भयो भने व्यवसायीहरुलाई लखेट्छ भन्ने लागेको छ । विधेयक जलविद्युत विकास गर्ने खालको छ तर नेपालका निजी क्षेत्र आउने खालको छैन । विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु सेवनमा रोकिएको छ । जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान नसकिएको छैन । दोहोरो कर हटाउनुपर्छ । गाउँपालिका र प्रदेश सरकारले छुटै कर लिने गरेका छन्’ उनले भने ।
उनले जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना समस्यामा परेको बताए । उनले सरकारले ऊर्जा क्षेत्रमा लागू भएको दोहोरो कर प्रणाली हटाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्