Shikhar Insurance
National Life

मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । घरेलु तथा साना उद्योगबीच उद्यमीहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्न र आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउन सम्झौता भएको हो ।

महासंघसंग आवद्ध घरेलु तथा साना उद्योग उद्यमीहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्नुको साथै, यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउनु यो सम्झौताको मुख्य उद्देश्य रहेको कम्पनीले विज्ञिप्तीमा उल्लेख गरेकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुबै पक्षका बीच निम्न बमोजिमका शर्त तथा बुँदाहरुमा आपसी सहमति भई बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा सम्झौताको भएको छ । उक्त सम्झौता दुवै पक्षले दस्तखत गरेको मितिबाट लागू भई एक वर्षसम्म मान्य हुने कम्पनीले जानकारी दिएको हो ।

मुक्तिनाथ विकास बैंकको जिम्मेवारी

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको कर्जा नीति तथा व्यवस्था बमोजिम उपयुक्त उद्यम व्यवसायहरुमा महासंघको सिफारिसमा कर्जा लगानी गर्न सक्नेछ ।

कर्जा स्वीकृतीको अन्तिम अधिकार बैंकलाई रहनेछ ।

महासंघको सिफारिसमा आएका कर्जाहरुलाई विशेष प्राथमिकतामा राखी बैंकले कर्जा प्रकृया शीघ्र अगाडि बढाउनेछ ।

कर्जाको लागि बैंकलाई स्वीकार्य हुने धितोको आवश्यकता पर्नेछ । धितोको मूल्याइन स्वतन्त्र धितो मूल्याङ्नकर्ताबाट बैंकको नीति बमोजिम हुनेछ ।

१ करोड रुपैयाँसम्मको कर्जाको लागि बैंकको आधार दरमा बढीमा २ प्रतिशत प्रिमियम राखी कर्जाको ब्याजदर तय गरिनेछ ।

उद्यमीको समग्र विकासको लागि वित्तीय साक्षरता र व्यवसायिक साक्षरता सम्बन्धी कार्यक्रमहरु महासंघसंगको आपसी सहकार्य र समन्वय बमोजिम गर्न सकिनेछ ।

महासंघसँगको सहकार्यमा उद्यमीहरुको दिगंकालिन विकास तथा उद्यम विस्तारकालागि ७ वटा प्रदेशमा उपस्थित शाखा कार्यालयहरुबाट आवश्यकताको आधारमा व्यवसाय विकास परामर्श दिने व्यवस्था गर्न सकिनेछ ।

यस सम्झौतामा उल्लेख भएका शर्तहरुमा यसै बमोजिम हुनेछ र उल्लेख नभएका विषयमा आपसी लिखित सहमति वा प्रचलित कानुन बमोजिम हुनेछ ।

यो सम्झौतामा केही विषय थपघट गर्नुपरेमा दुबै पक्षको आपसी लिखित सहमतीमा गरिनेछ ।

यो सम्झौता दुबै पक्षले दस्तखत गरेको मितिले १  वर्षसम्मको लागि लागु हुनेछ । तत्पश्चात आपसी समझदारीमा नविकरण गर्न सकिनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको जिम्मेवारीहरु :

महासंघसँग आवद्र्ध घरेलु तथा साना उद्योगहरुको वित्तीय आवश्यकता पहिचान गरी कजाी प्रवाहको लागि बैंक समक्ष सिफारिस गर्ने ।

नयाँ उद्यमीहरु तयार गर्न तथा विद्यमान उद्यमीहरुको क्षमता र सीप विकास गर्न तालिम तथा गोष्ठीहरु सञ्चालन गर्ने

महासंघको सिफारिसमा लगानी भएको कर्जालाई नियमित किस्ता (सांवा र ब्याज) भुक्तानीको लागि पहल गर्ने । यदि कसैले समयमा किस्ता नतिरेमा उक्त रकम असूलीको लागि सहयोगी भूमिका खेल्ने ।

महासंघमा आर्वद्ध संघसंस्थाहरु तथा तिनका सदस्यहरुको उद्यम व्यवसायको स्थलगत निरीक्षण भ्रमणमा बैंकलाई सहयोग र सहजिकरण गर्ने ।

बैकबाट कर्जा लिएका सदस्यहरुको कर्जा सदुपयोगिता जांच गर्ने र कर्जाग्राहीबाट कुनै कमीकमजोरी गरेको भए सुधारको लागि सुझाव दिने ।

महासंघसंग आर्वद्ध सम्पूर्ण सदस्य संस्था तथा सदस्यहरुलाई बैंकको बारेमा जानकारी दिने र सबै प्रकारका बैंकिङ्ग कारोबारको लागि पहिलो प्राथमिकतामा राख्ने ।

विविध

यस सम्झौताको विषयलाई लिएर कुनै विवाद भएमा दुवै पक्षको आपसी समझदारीमा वा प्रचलित कानून बमोजिम समाधान गरिनेछ ।

कुनै एक पक्षले यो सम्झौता समाप्त गर्न चाहेमा कम्तिमा १ ९एक० महिनाको लिखित जानकारी अर्को पक्षलाई गराउनु पर्नेछ । तर, महासंघको सिफारिसमा लगानी भएका कर्जाहरुको असूलीमा कुनै समस्या भएमा सम्झौता समाप्त भए पनि महासंघले असूलीको लागि सहजिकरण गर्नु पर्नेछ ।

दुवै पक्षले एक अर्काको संस्थाको लोगोलाई प्रयोजन खुलाई प्रयोग गरिने सामाग्री नमूनाको आधारमा लिखित स्वीकृति लिएर उपयोग गर्न सक्नेछन् ।

दुबै पक्षले एकअर्काको स्वीकृति बिना कुनै पदाधिकारी, संस्था र दैनिक गतिविधि बारे नकारात्मक टिकाटिप्पणी गर्ने छैनन् र एकअर्को संस्थाको गोपनीयतालाई उच्च कदर गर्ने छन् ।

दुवै पक्षले वातावरणिय प्रदुषण कम गर्ने, सामाजिक विकृति र भेदभावहरु हटाउने, बाल श्रम प्रयोग नगर्ने तथा नेपाल कानून तथा समाजले बर्जित गरेका कार्यहरु नगर्ने नगराउने प्रतिवद्र्धता जाहेर गर्ने जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्