Shikhar Insurance
National Life

धनुषामा ३ सय बढी उद्योग बन्द, ९ हजारभन्दा बढी कामदार बेरोजगार

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १६:३४
Hyundai
NCELL
NIMB

जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् ।

गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिएका हुन् । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब ९ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ एक हजार १२ उद्योग दर्ता, दुई हजार ५९ उद्योग नविकरण, पूजीवृद्धितर्फ एक सय ६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी दुई सय २५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् ।

त्यसैगरी, उद्योगतर्फ दर्ता आठ सय पाँच, नविकरणतर्फ नौ सय ७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी पाँच, प्रतिलिपीतर्फ एक सय ६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ ।

सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नविकरण बापत ५७ लाख २३ हजार राजस्व सङ्कलन गरेको प्रमुख यादवले बताए । गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करीब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए ।

हाल धनुषामा साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योमा महिला र पुरुष गरी करीव सात हजार कामदार प्रत्यक्षरुपमा लाभान्वित हँदैआएका कार्यालय प्रमुख यादवले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्