काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा पुगेर बजार बन् भएको छ ।
बुधबार ३३७ कम्पनीको कारोबार हुँदा ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कम्पनीको सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ संकलन भएको छ ।
बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८० रुपैयाँ रहेको छ ।
बुधबार १०० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बुधबार ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्