Shikhar Insurance
National Life

नेपाल बङ्गलादेश बैंक स्थापनाको २७ वर्ष पुरा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २३, आईतवार १२:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७ औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो ।

नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४०.९० प्रतिशत लगानी छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा दिँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले अत्याधुनिक बैंकिङ सुविधाहरु दिनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको बताएको छ ।

आफ्नो वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख रुपैयाा बराबरको २५ सय भायल रेम्डिसिभिर हस्तान्तरण गरेको छ । साथै, सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गर्ने छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्